आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वेस्टर्न युनियनद्वारा विजेताको नाम सार्वजनिक, शबानाले जितिन् १ लाख

बुधबार, २६ वैशाख २०८१, १५ : ३८
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले सञ्चालन गरेको आफ्नो नयाँ वर्ष लक्षित “नगदमा हर्ष बनिरहोस्, नयाँ बर्ष शुभ रहोस्” अभियानको विजेता घोषणा गरिएको छ । 

बम्पर लक्की ड्रमार्फत सिरहाकी  शबाना प्रविन एक लाख प्राप्त गरेकी छन् । 

वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।

नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले नयाँ वर्ष लक्षित गरी “नगदमा हर्ष बनिरहोस्, नयाँ बर्ष शुभ रहोस्” अभियान शुरु गरेको थियो । बम्परमा रु एक लाख बाहेक, पाँच हप्तासम्म पैतिस भाग्यशाली ग्राहकहरुले पन्ध्र हजार जित्ने मौका पनि प्राप्त गरेका थिए । 

 वेस्टर्न युनियन मनी ट्रान्सफरले  नेपालीहरुलाई  सन् १९९६ देखि विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरुबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप