उपल्लो दरवाङको सडक अठार वर्षपछि कालोपत्र
म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो ।
उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको बताए । “बर्खामा हिलो र हिउँदमा धुलोले सताएको थियो”, उनले भने, “सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको छ ।”
तीव्ररुपमा बस्ती विकास भइरहेको उपल्लो दरवाङमा २०६३ मा स्थानीयवासी र तत्कालीन गाविसको बजेटबाट सडक खोलिएको थियो । यहाँ एक सय घर छन् । उपल्लो दरवाङको सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु ६५ लाख बजेट विनियोजन भएको थियो ।
गत पुसमा रु ५८ लाखमा ठेक्का सम्झौता गरेको सक्षम निर्माण सेवाले दुई सय ५० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र एक सय मिटरमा पक्की नाली निर्माण गरिसकेको पूर्वाधार विकास कार्यालय म्याग्दीका सव इञ्जिनियर रविन चोखालले बताए ।
मालिका गाउँपालिकाले सो सडकमा यसअघि करिब चार सय मिटर पक्की नाली निर्माण गरेको थियो । यसअघि गाउँपालिकाको कार्यालयदेखि वडा कार्यालय र उपल्लो दरवाङ जोड्ने सडक ढलान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूयोर्क सहरमा 'नेपाल डे परेड' सम्पन्न
-
जुवातास खेल्ने ६ जना पोखराबाट पक्राउ
-
भारतमा लोकसभा निर्वाचन : पाँचौँ चरणको मतदान जारी
-
इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना : सरकारी टिभीले भन्यो – कोही पनि बाँचेको संकेत छैन
-
बागमती प्रदेश : मन्त्रालय विभाजनसँगै एमालेमाथि नैतिकताको प्रश्न खडा
-
इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा षड्यन्त्र भएको आशङ्का, अमेरिकी सांसदले के भने ?