इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा षड्यन्त्र भएको आशङ्का, अमेरिकी सांसदले के भने ?
तेहरान । अमेरिकी सांसद चक शुमरले इरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटनामा षडयन्त्र भएको आशंकाप्रति प्रतिक्रिया दिएका छन् । सिनेटका वरिष्ठ डेमोक्र्याट सांसद शुमरले हेलिकप्टर दुर्घटनाको पछाडि कुनै षड्यन्त्र छ भनेर अहिले नै भन्न नसकिने बताएका हुन् ।
सुमरले भने, ‘अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन जसको आधारमा हेलिकप्टर दुर्घटनाको पछाडि षड्यन्त्र थियो भनेर भन्न सकिन्छ । उत्तर-पश्चिम इरानमा मौसम धेरै खराब थियो जहाँ हेलिकप्टर दुर्घटना भयो। यो दुर्घटना जस्तै देखिन्छ। तर यस दुर्घटनाको पूर्ण अनुसन्धान हुन बाँकी छ ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दुर्घटनाबारे जानकारी दिइएको छ। आइतबार इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको थियो । इरानी राष्ट्रपति रईसीको खोजीमा ठुलो मात्रामा खोज अभियान चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण