जुवातास खेल्ने ६ जना पोखराबाट पक्राउ
सोमबार, ०७ जेठ २०८१, ०९ : ४१
पोखरा । पोखराबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । पोखरा ७ रत्नचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट १५ हजार २ सय २५ रुपैयाँ बरामद भएको छ । स्थानीय अर्जुनकुमार श्रेष्ठको घरमा उनीहरुले तास खेलेका थिए ।
पक्राउ पर्नेमा अर्जुनसँगै सोही ठाउँका ६३ वर्षीय शिवबहादुर विक, ५२ वर्षका बसन्त केसी, ३६ वर्षका बसन्त लामा, ४५ वर्षका कृष्ण रावत र ५६ वर्षका गोकर्ण श्रेष्ठ छन् ।
सबैलाई ८ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण