बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
विश्व

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना : सरकारी टिभीले भन्यो – कोही पनि बाँचेको संकेत छैन

सोमबार, ०७ जेठ २०८१, ०९ : १२
सोमबार, ०७ जेठ २०८१

तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटना भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा कोही पनि जीवितै रहेको कुनै सङ्केत देखिएको छैन ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रूपमा जलेको बताएका छन् । इरानको सरकारी मिडियाका अनुसार राहत तथा उद्धार टोली केही समयभित्रै दुर्घटनास्थलमा पुग्नेछ ।

इरानी सञ्चारमाध्यमले बाहिर आएको जानकारी अनुसार अवस्था राम्रो नभएको दाबी गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनास्थल हार्ड ल्यान्डिङ हुने अपेक्षा गरिएको ठाउँबाट करिब दुई किलोमिटर टाढा छ।

आइतबार इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप