मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो निश्चल र साम्राज्ञी अभिनित ‘लण्डन टु पेरिस’

शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । आगामी जेठ २५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘लण्डन टु पेरिस’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको टिजर सार्वजनिक गरेको हो । 

टिजरमा फिल्मका मुख्य कलाकार निश्चल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहबिचको प्रेम र खटपटलाई देखाइएको छ । टिजरमा उनीहरूको रोमान्ससँगे झगडा पनि देखाइएको छ । टिजरमा अन्य कलाकार कवीर खड्का, गरिमा शर्मा पनि देखिएका छन् ।

घनश्याम लामिछाने निर्देशित फिल्ममा निश्चल, साम्राज्ञी, कवीर र गरिमाको अलवा रुस्मा थापा, मनीष श्रेष्ठ, लोकविक्रम मल्ल र मनीष गान्धीको समेत अभिनय छ । 

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।

सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले यसलाई नेपालभर वितरण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया