कोलकातासँगको खेल वर्षाले रद्द, राजस्थान तेस्रो स्थानमा सीमित
सोमबार, ०७ जेठ २०८१, ०६ : ०८
गुवाहाटी । इन्डियन प्रिमियर लिग (आईपीएल) को अन्तिम लिग खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिचको खेल वर्षाका कारण रद्द भएको छ । गुवाहाटीमा आइतबार साँझदेखि नै अविरल वर्षा भइरहेको थियो । करिब साढे तीन घण्टा ढिलो राति १०ः३० बजे टस भएपनि वर्षाले खेल सुरु हुन सकेन ।
यस्तो अवस्थामा दुवै टोलीले एक–एक अङ्क पाएका छन् । थप एक अङ्कसहित कोलकाता (२० अङ्क) पहिलो र राजस्थान (१७ अङ्क) तेस्रो स्थानमा छ ।
अब कोलकाता र हैदराबादबिच क्वालिफायर मे २१ मा अहमदाबादमा खेलिनेछ। यही मैदानमा मे २२ मा राजस्थान र बैंगलुरुबिच एलिमिनेटर हुनेछ ।
आइतबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको थियो । यो जितसँगै हैदराबाद शीर्ष २ मा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण