एमाले बाँकेको अध्यक्षमा गुरुङ विजयी
बुटवल । नेकपा एमाले बाँकेको नवौँ जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
सोमबार बिहान सम्पन्न मत गणनाबाट गुरुङले प्रतिद्वन्द्वी डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्ष पदमा माजी मारेका हुन् ।
गुरुङले २९१ मत प्राप्त गर्दा बिसीले १५४ मत मात्र प्राप्त गरे ।
निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । प्रदेश सरकारका सामाजिक विकास मन्त्री समेत रहेका खत्रीले ३१३ मत पाए । यस्तै उनीसँग पराजित रवीन्द्र लम्सालले १३८ मत पाए ।
त्यसैसरि सचिव पदमा बलराम भट्टराई १३९ मतका साथ विजयी हुँदा खिल प्रसाद भुसालले १०६ मत, भीम वलीले ९५ मत र दत्त आचार्यले ८८ मत पाए ।
नवौँ जिल्ला अधिवेशनमा विभिन्न पदमा निर्विरोध निर्वाचित समेत भएका छन् । जसअनुसार जिल्ला सदस्यमा राप्ती सोनारी गाउँपालिकाबाट खुल्ला (महिला) तर्फ यमकुमारी ओली, सदस्य खुल्ला (पुरुष) तर्फ नरेन्द्रप्रसाद लामिछाने, मनोज केसी र विश्वराज खनाल तथा सदस्य (आदिवासी जनजाति) तर्फ अंकित श्रेष्ठ, सदस्य (दलित)तर्फ लिलमान दमाई, सदस्य (मधेसी)तर्फ लालतारा (अजय गद्दी) निर्विरोध भए ।
यस्तै ज्ञानेन्द्रराज वली र रिताकुमारी खत्री बस्नेत पनि सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशन शुक्रवार एमाले महासचिव शंकर पोखरलले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–गोरुसिङ्गे सडकको डाइभर्सन बग्यो, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह
-
भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण