गगनको बचाउ गर्दै रामकुमारीले दिइन् रवि लामिछानेलाई चुनौती
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको बचाउमा उत्रिएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले थापामाथि विभिन्न आक्षेप लगाएपछि झाँक्री बचाउमा उत्रिएकी हुन् ।
‘गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयम् आरोप लगाउने (रवि लामिछाने)ले पूरा गर्नुपर्छ, हेक्का रहोस्,’ सोमबार सामाजिक सञ्जालमा उनले लेखेकी छन् । झाँक्रीले कांग्रेस महामन्त्री थापा आन्दोलनकाे नेता भएको भन्दै युवाहरूको राजनीतिक आइकनका रूपमा चित्रित गरेकी छन् ।
‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो’, झाँक्रीले भनेकी छन् ।
सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले लामो समयदेखि संसदमा आवाज उठाइरहेको छ । महामन्त्री थापा आफूविरुद्ध आक्रामक बनेपछि लामिछानेले सदनमा तल्लो स्तरमा उत्रिएर अभिव्यक्ति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण