एकसय सात किलो गाँजासहित कार चालक पक्राउ
सोमबार, ०७ जेठ २०८१, २२ : ४४
जलेश्वर । महोत्तरी प्रहरीले एकसय सात किलो गाँजासहित आज एक कार चालकलाई पक्राउ गरेको छ । सर्लाही जिल्ला पर्सा गाउँपालिका–१ का २० वर्षीय चन्दन यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवारले बताए ।
बीआर ३० एएच २३८८ नम्बरको सेतो रङ्गको कारको डिक्कीमा गाँजा राखी बर्दिवास हुँदै सदरमुकाम जलेश्वरतिर आउँदै गर्दा औरही नगरपालिका–८ स्थित टिम्कियामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीलाई शङ्का लागि कार रोकेर जाँच गर्दा कारको डिक्कीभित्र २० वटा पोकामा एक सय सात किलो चार सय ८५ ग्राम लागुऔषध गाँजा लुकाइ राखेको अवस्थामा बरामद गरिएको थियो ।
बरामद गाँजालाई चालकसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि आजै महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण