शाखा अधिकृतलाई गोली हानेर हत्या गरेको १५ वर्षपछि प्रतिवादी पक्राउ
काठमाडौँ । पर्साको वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालयका तत्कालीन शाखा अधिकृतको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–५ घर भएका प्रेम गिरीलाई शाखा अधिकृतको हत्या भएको १५ वर्षपछि पक्राउ गरिएको पर्साका एसपी कुमोध ढुङ्गेलले रातोपाटीलाई बताए ।
अहिले ७२ वर्षका आरोपीले तत्कालीन शाखा अधिकृत मोहनप्रसाद मैनालीलाई गोली हानेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । २०६५ असोज २२ मा मैनालीको हत्यापछि उनी फरार थिए ।
२०५७ भदौमा पर्साको विन्दवासिनी गाविस–४ स्थित देवेन्द्रप्रसाद यादवको घरमा डकैती गरेर उनलाई गोली प्रहार गरेर हत्या गरेको घटनामा पनि गिरी संलग्न रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय पर्सा र पुनरावेदन अदालत हेटौँडाको फैसला अनुसार उनी ३ वटा हातहतियार तथा खरखजाना मुद्दामा संलग्न थिए । २०५६ मा पर्सा प्रहरीले उनीविरुद्ध सार्वजनिक अपराध मुद्दामा कारबाही गरेको अपराध रेकर्ड भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण