एमाले दाङको अध्यक्षमा आचार्य निर्वाचित
सोमबार, ०७ जेठ २०८१, २१ : ४७

दाङ । नेकपा एमाले दाङको १४ औँ अधिवेशनबाट अध्यक्षमा शिवकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरीसहित ११९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ।
निर्वाचन मण्डलका संयोजक नरूलाल चौधरीले अध्यक्ष पदका आंकाक्षी धेरै देखिए पनि अन्तिममा सर्वसम्मत नेतृत्व चयन गरिएको घोषणा गरिएको बताए ।
एमाले महासचिव शङ्कर पोख्रेलले आइतबार अधिवेशनको उद्घाटन गरेका थिए । अघिल्ला अध्यक्ष हुकुम बस्नेत र सचिव मनोहर बुढाथोकी दुवै अध्यक्षका आकाङ्क्षी थिए । तर, सर्वसम्मत नेतृत्व चयन गर्दा आचार्यलाई अध्यक्ष बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा राजनीतिक प्रदर्शनले दैनिक जीवन अस्तव्यस्त
-
गाजामा हमास नेताको मृत्यु भएको इजरायलको दाबी
-
मुख्यमन्त्रीद्वारा लगानी सम्मेलनबारे छलफल
-
तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हान्ने एक जना पक्राउ
-
१० बजे, १० समाचार : अफताव आलम रिहादेखि प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोनसम्म
-
झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ