उद्योग वाणिज्य महासंघ कोशीले गर्यो श्रम बजार सूचना प्रणाली सफ्टवेयर निर्माण
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले श्रम बजार सूचना प्रणालीको विकास गर्न द्रुत बजार विश्लेषण सम्बन्धी सफ्टवेयर निर्माण गरेको छ । सोही सफ्टवेयरको प्रयोग सम्बन्धी कार्यशाला गोष्ठी विराटनगरमा आयोजना गरिएको छ ।
कार्यक्रममा उद्योग प्रतिष्ठानका प्रतिनिधिहरूले सफ्टवेयरको विकास र प्रयोगमा सुझाव दिएका छन् । प्रगति टेक्सटाइल प्रणालीका प्रबन्धक प्रदीप निरौलाले उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार सफ्टवेयर निर्माण गर्नुपर्ने बताए । न्यूरो हस्पिटलका व्यवस्थापक नारायण विशुंखेले व्यक्तिगत सूचनाको संरक्षण हुनुपर्ने बताए ।
सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले यस सफ्टवेयरलाई जब बैंकको रूपमा विकास गर्नुपर्ने सुझाव दिए । अरिहन्त मल्टिफाइबर्सका नारायण प्रसाद लामिछानेले यस सफ्टवेयरलाई मोबाइल एप्लिकेशनमार्फत पनि प्रयोगमा ल्याउन सकिए प्रभावकारी हुने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका कार्यकारी निर्देशक राधारमण भण्डारीले उद्योग प्रतिष्ठानहरूमा जनशक्ति व्यवस्थापनको माग र आपूर्तिमा बेमेल रहेको र यस सफ्टवेयरले त्यसलाई सम्बोधन गर्ने बताए । कोशी औद्योगिक कोरिडोरका ५० भन्दा बढी उद्योग प्रतिष्ठानका मानव संशोधन प्रमुखहरू सहभागी रहेको कार्यशालामा सुक्तास इन्कर्पोरेसन कम्पनीले सफ्टवेयरको बारेमा जानकारी गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण