सभामुखसँग धनराजको गुहार : रातो पासपोर्ट उत्खनन गर्ने गृहमन्त्रीमाथि कारबाही होस्
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसद्को अपहेलनामा कारबाही गर्न सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले अनैतिक रूपमा तथ्यहीन कुरा गर्दा संसद्को अपहेलना भएको गुरुङको पत्रमा उल्लेख छ । ‘हिजो मिति २०८१ साल जेठ ६ गतेको बैठकमा माननीय गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्टमबाट तथ्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरुमाथि मानमर्दन गर्न खोजेको छ,’ उनको भनाइ छ ।
‘नभएको कुरालाई बढाई चढाई गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको बर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी आम नागरिक बिच भ्रम सिर्जना गर्न खोजेको, आफूलाई अदालत भन्दा माथि राखी अभिव्यक्ति दिएको ब्यहोरा स्मरण गराउन चाहन्छु,’ पत्रमा लेखिएको छ ।
आफूले बोलेको कुराहरू पुष्टि गर्न गृहमन्त्री लामिछानेलाई गुरुङले चुनौती दिए । ‘यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु । प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सोतर्फ समेत विचार गरी निजलाई संसद्को अवहेलनामा कारबाही गर्न गम्भीर रूपले माग गर्दछु,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण