जीतपुर सिमरामा निःशुल्क आयुर्वेद उपचार सेवा सुरु
बारा । नागरिक आरोग्य सेवा केन्द्रले जीतपुर सिमरामा निःशुल्क आयुर्वेद उपचार सेवा सुरु गरेको छ । मधेस प्रदेश सरकार प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नागरिक आरोग्य सेवा केन्द्रले सोमबारदेखि जीतपुर सिमरामा आयुर्वेद उपचार सेवा सुरु गरेको हो ।
आयुर्वेद सेवा अन्तर्गत खानपान, आहार विहार तथा अध्यात्मसम्वन्धि जानकारी गराउनुको साथै नसर्ने रोगहरू मधुमेह, थाईराईड, उच्च रक्तचाप, श्वासप्रश्वाससम्वन्धि रोगहरूको न्यूनीकरण गर्न निःशुल्क स्वास्थ्य सल्लाह तथा उपचार सेवा दिने आयुर्वेद चिकित्सक डा.पुनिता केशरीले जनाएकी छन् ।
‘यो मधेस प्रदेश सरकारको कार्यक्रम हो, हामीले बाराका प्रत्येक पालिकामा एउटा शाखा खोल्ने र सबै सेवा निःशुल्क दिने लक्ष्य लिएर अहिलेसम्म ५ वटा पालिकामा काम गरिरहेका छौ’ डा.केशरीले भनिन् ।
साथै स्तनपान गराउने आमाहरूको लागि दूधवर्धक औषधीहरू निःशुल्क वितरण गर्ने जनाइएको छ । पछिल्लो समय नसर्ने रोगको समस्या बढ्दै गएपछि आयुर्वेद उपचार सेवामार्फत आहार विहार, रहनसहन, व्यायामको माध्यमबाट सेवा दिने जनाइएको छ ।
आयुर्वेद सेवाको उद्घाटन गर्दै जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले नागरिक आरोग्य सेवा केन्द्रले सुरु गरेको आयुर्वेद सेवा सञ्चालनका लागि उपमहानगर सहकार्य गर्न तयार रहेको बताएका छन् ।
‘जीतपुर सिमरा अस्पतालसँगको सहकार्य र समन्वयमा आयुर्वेद उपचार सेवा अगाडी बढाउन हामी तयार नै छौ’ नगरप्रमुख पौडेलले भने– ‘केही कार्यक्रमहरू प्रदेश, सङ्घहरूले स्थानीय तहमा ल्याउने र छोटो समय चलाएर हराउँदा सबै स्थानीय तहको टाउकोमा आउने परिपाटी छ’
प्रदेश सरकारले सञ्चालन गरेको आयुर्वेद उपचार सेवाको लागि स्वास्थ्य जनशक्ति र उपकरणसहित जिम्मा लगाए उपमहानगरले आफैँले भविष्यमा आयुर्वेद सेवा चलाउन सक्ने नगरप्रमुख पौडेलले जनाएका छन् ।
आयुर्वेद सेवा प्रदान गर्न २ जना वैद्यहरूलाई खटाइएको छ । बाराको कलैया अस्पतालसहित जीतपुर सिमरा, फेटा, विश्रामपुर, करैयामाई गाउँपालिकामा यो सेवा सुरु भएको छ भने अगामी वर्षदेखि निजगढ, पचरौता र कोल्हवी नगरपालिकामा सेवा गर्ने आयुर्वेद चिकित्सक डा. पुनिता केशरीले जनाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण