बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मेस्सीको ‘न्यापकिन कनट्र्याक्ट’ १३ करोड रुपैयाँमा बिक्री

शनिबार, ०५ जेठ २०८१, १३ : ०६
शनिबार, ०५ जेठ २०८१

लण्डन । बार्सिलोनाले १३ वर्षीय लियोनेल मेस्सीलाई अनुबन्ध गर्नका लागि एउटा न्यापकिनमा गरेको करार लिलामीमा ७ लाख ६२ हजार ४०० पाउन्ड (करिब १३ करोड रुपैयाँ) मा बिक्री भएको छ । १६.५ बाई १६.५ सेन्टिमिटरको फ्रेममा लेमिनेसन गरेर राखिएको उक्त न्यापकिनको सुरुवाती मूल्य ३ लाख पाउन्ड रहेको थियो ।

निलो मसीले सन् २००० को डिसेम्बरमा हस्ताक्षर गरिएको न्यापकिनमा बार्साका तत्कालीन निर्देशक कार्लेस रेस्याचले मेस्सीलाई अनुबन्ध गर्ने प्रतिबद्धता जनाएका छन् । उक्त करारमा ट्रान्सफर एडभाइजर जोसेप मिनगुएला र एर्जेन्टिनी युवा खेलाडीलाई सिफारिस गर्ने एजेन्ट होरासियो गागिवलीले पनि हस्ताक्षर गरेका छन् ।

लण्डनमा रहेको बोनहाम्सले गागिओलीका लागि अनलाइन माध्यमबाट उक्त करारको लिलामी गरेको थियो । सो करारको एक महिनापछि मेस्सी बार्सिलोनासँग आबद्ध भएका थिए ।

त्यसपछि १६ वर्षको उमेरमा क्लबको सिनियर टोलीमा डेब्यू गरेका मेस्सीले क्लबका लागि ७७८ खेलमा रेकर्ड ६७२ गोल गरेका थिए । बार्सिलोनासँग मेस्सीले १० वटा ला लिगाको उपाधिका साथै चार पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भए । 

सन् २०२१ मा बार्सिलोना छाडेर पीएसजीसँग आबद्ध भएका ३६ वर्षीय विश्वविजेता खेलाडी हाल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्नछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप