भोजपुरी स्टार पवन सिंह बीजेपीबाट निष्कासित
बिहार । भारतीय जनता पार्टी (बीजेपी)ले भोजपुरी गायक पवन सिंहलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीले सिंहलाई लोकसभा निर्वाचनमा उम्मेदवारहरूको पहिलो सूचिमा पश्चिम बंगालको आसनसोल सीटमा टिकट दिएको थियो ।
यहीबिचमा गीतमा बंगाली महिलाहरुलाई आपत्तीजनक तरिकाले चित्रण गरेको मामिलामा उनी विवादित बनेपछि सिंहले आसनसोलबाट चुनावमा नउठ्ने घोषणा गरेका थिए । यसपछि बीजेपीले सो सिटमा एसएस आहलूवालियालाई टिकट दियो ।
त्यसपछि सिंहले बिहारको कारकाटबाट स्वतन्त्र उमेदवारको रुपमा नाम दर्ता गराए । लोकसभा निर्वाचनमा पवन सिंह एनडीएका अधिकृत प्रत्याशी उपेन्द्र कुशवाहाको विरुद्धमा लडिरहेका छन् ।
सिंहको यो कदम दल विरोधी भएको र यसका कारण पार्टीको छवि धूमिल भइरहेको बिहार बीजेपीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
उनको यो कदम पार्टीको अनुशासन विरुद्ध भएको बताइएको छ । यस कार्यका लागि अध्यक्षका आदेश अनुसार सिंहलाई पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण