यो हो विश्वको सबैभन्दा सानो जेल
लन्डन । विश्वको सबैभन्दा सानो जेल कहाँ छ तपाईँलाई थाहा छ ? यो जेल बेलायतको सबैभन्दा सानो टापुमा छ ।
यो जेल यति सानो छ कि यसमा दुई जना कैदी मात्रै बस्न मिल्छ । जेल १६८ वर्षअघि बनाइएको थियो । सार्क प्रिजन इङ्गलिस च्यानको सार्क टापुमा छ । यो टापु २ दशमलव १ वर्ग माइलमा फैलिएको छ । सन् २०२३ मा भएको जनगणनाअनुसार यस टापुमा ५६२ जना बस्छन् । टापुमा खासै अपराध नहुने भएकोले जम्मा २ जना प्रहरीलाई मात्रै खटाइएको छ ।
टापु बेलायत र फ्रान्सको बिचमा छ । यो टापुलाई केहीले च्यानल आइल्यान्डको गहना पनि भन्छन् । यति सानो भएर पनि यो जेल अझै पनि प्रयोगमा छ । यो जेल निर्माणको कथा पनि रोचक छ ।
सन् १९३२ मा अदालतले यो जेल बनाउन आदेश दिएको थियो । तर यसलाई बनाउन २४ वर्ष लाग्यो । जेल बनाउन कसैसँग पैसा नभएकोले यति लामो समय लागेको बताइन्छ । जेलभित्र ६ बाई ६ फिट र ६ बाई ८ फिटको दुई कोठा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण