बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राखिने

सोमबार, १४ जेठ २०८१, १८ : ४५
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राखिने भएको छ । चलचित्र विकास बोर्डमा सोमबार बसेको चलचित्र सम्बद्ध संस्थाले सर्वसम्मत रुपमा उद्योगको नाम ‘सिनेमाण्डु’ राखेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बताए ।

‘छलफलमा तीनवटा नाम आएको थियो । तर ‘सिनेमाण्डु’ भन्ने सर्वसहमत भयो’, खड्काले भने, ‘असोज १५ लाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय भयो ।’

छलफलमा ‘सिनेमाण्डु’ नामाकरणबारे सहमति जुटेको र बोर्डको बैठक छिट्टै डाकेर त्यसलाई अनुमोदन गर्ने तयारीमा बोर्ड जुटेको छ ।

नामाकरणबारेको सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । बैठकमा चलचित्र निर्माता संघ, चलचित्र संघ, आदिवासी चलचित्र संघ लगायत थुप्रै संघसंस्थाको प्रतिनिधिको सहभागिता रहेको थियो ।

नाम अव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइने छ । मन्त्रालयले यो नामलाई मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि आधिकारिक रूपमै नेपाली फिल्म क्षेत्रको नाम ‘सिनेमाण्डु’ हुनेछ । यसअघि चलचित्र क्षेत्रलाई कलिउड भनिँदै आएको छ । मन्त्रिपरिषद्बाट पास भएपछि भने ‘सिनेमाण्डु’ भन्नु पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप