उड्ने बित्तिकै विमानको इन्जिनमा आगो लागेपछि...

वाशिङटन डीसी । धावनमार्गबाट उड्ने बित्तिकै अमेरिकामा एक विमानको इन्जिनमा आगो लागेको छ । शिकागोको ओ’हारे अन्तर्राष्ट्रिय विमानस्थलमा युनाइटेड एयरलाइन्सको विमानमा आगो लागेको हो ।
घटनाका समयमा विमानमा १४८ यात्रु र चालक दलका ५ सदस्य सवार थिए । सबैजना सकुशल रहेको बताइएको छ । आगलागी भएको जानकारी प्राप्त हुनासाथ विमानलाई विमानस्थलमा ओरालेर यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको थियो । दुर्घटनाका कारण विमानस्थलमा ४५ मिनेटका लागि सबै रोकिएको थियो ।
एयरलाइन्सले माग्यो यात्रीसँग माफी
अमेरिकी समाचार च्यानल फक्सका अनुसार विमानस्थल प्राधिकरणले पनि दुर्घटनाको पुष्टि गरेको छ । युनाइटेड फ्लाइट २०९१, एयरबस ए३२०, सिकागोबाट वाशिङ्टनका लागि उडिरहँदा सो दुर्घटना भएको बताइएको छ । अहिले उड्डयन अध्यागमन प्राधिकरणले घटनाको छानबिन गरिरहेको छ । एयरलाइन्सले यात्रुहरूसँग माफी मागेर उनीहरूका लागि अर्को उडानको व्यवस्था गरेको थियो । घटना भएको ४ घण्टापछि दोस्रो उडान उडेको थियो ।
यो वर्ष सुरु भएयता युनाइटेडको कुनै विमानमा समस्या देखिएको यो तेस्रो घटनामा हो । यसअघि मार्चमा सान फ्रान्सिस्कोबाट जापानको ओसाका जाँदै गरेको कम्पनीको एक विमानको पाङ्ग्रा खसेको थियो । यो घटनापछि लस एन्जलस विमानस्थलमा विमानको आपत्कालीन अवतरण गरिएको थियो । त्यतिबेला विमानमा ४ पाइलटसहित २४९ जना सवार थिए ।
यही वर्षको जनवरी १० मा आकाशमा उडिरहेको समयमा युनाइटेड एयरलाइन्सको विमानको ढोका खुलेको थियो । फ्लोरिडाबाट उडेको केही समयपछि नै नजिकैको टम्पा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरियो । घटनाको समयमा विमानमा १२३ जना यात्री र चालक दलका ६ सदस्यहरू सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
-
सरकारले सुकुम्बासीप्रति अमानवीय व्यवहार गरेको साहको आरोप
-
पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस
-
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत
-
शिवम् सिमेन्टले के ल्याउँदैछ ?
-
गौरवको आयोजना ६ वर्षदेखि अलपत्र