भ्रष्टीकरणले नेता, कार्यकर्तासँगै देश बिग्रियो : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा भ्रष्टीकरण मौलाएको बताएका छन् । वामपन्थी नेता देवशंकर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीति बिग्रनुको प्रमुख कारण नै भ्रष्टीकरण भएको बताएका हुन् ।
‘अहिलेको राजनीतिमा सबभन्दा बिग्रेको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ । पार्टीका नेता, कार्यकर्ता, समाज र देश भ्रष्टाचारकै कारणले बिग्रेको छ’, उनले भने, ‘यसबाट हामी कसरी उन्मुक्ति पाउने ? कसरी जोगिने कुरामा ध्यान दिनुपर्छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भ्रष्टाचार नियन्त्रण र उन्मुलन गर्ने कुरामा ध्यान दिएर देशको योजना बनाउनुपर्ने बताए । उनले यसका लागि लागि राजनीतिक यात्राका महत्त्वपूर्ण जिम्मेवारीप्राप्त व्यक्तिले राष्ट्र र जनतालाई केन्द्रबिन्दु बनाउनुपर्ने पनि बताए । ‘देशको योजना बनाउँदा हावादारी बनाएर हुँदैन । अहिले मैले बजेटको एउटा पक्ष देखेँ, कृषिको सन्दर्भमा बजेटमा ल्याएका योजना सारै मन पर्यो’, नेता नेपालको भनाइ छ ।
उनले राष्ट्रिय राजनीति सञ्चालकहरुले विचार पुर्याएर, संवेदनशील भएर चल्न सकेमात्र यसो राष्ट्रिय राजनीतिका समस्या, अप्ठ्यारा र चुनौतीहरूको सामना गर्न सकिने पनि बताए ।
‘अध्ययन, अनुसन्धान र विश्लेषणपछि निष्कर्ष’, नेपालले भने,‘भोली के हुन्छ भन्ने आज सोच्नुपर्छ’, नेता नेपालको भनाइ छ । नेपालको राजनीतिलाई सही दिशामा अघि बढाउन सबै लागि पर्नुपर्नेमा अध्यक्ष नेपालले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण