रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने बाध्यता : श्रममन्त्री अर्याल
पोखरा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले श्रम क्षेत्रमा रोजगारीको समस्या निकै बढी रहेको बताएका छन् । नेपालमा एकातिर रोजगारी नपाउने र अर्कोतिर रोजगारदाताले श्रमिक नपाउने अवस्था रहेको बताए ।
गण्डकी प्रदेशको पोखरामा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री अर्यालले रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था नेपालमा रहेको बताए ।
‘श्रम खोज्ने ठुलो सङ्ख्या रहेको छ । अर्कोतिर रोजगारदाताले श्रमिक नपाउने समस्या छ । यो समस्या निकै ठुलो छ । यस्तो खालको समस्याको अन्त्य कसरी गर्न सकिन्छ भनेर हामीले निकै छलफल गर्यो । त्यही क्रममा बजेट नभएपनि श्रमाधान रोजगार मेलाको अवधारण ल्याएका हौँ,’मन्त्री अर्यालले भने ।
श्रमाधान रोजगार मेलाले कति जनालाई तुरुन्तै रोजगारी दिन्छ भन्ने महत्त्वपूर्ण नरहेको उनको भनाइ छ । यो एक खालको सुरुवात भएको भन्दै आगामी दिनमा यस्ता खालका कार्यक्रमले रोजगारीका क्षेत्रमा राम्रो हुने बताए ।
यो वर्ष एकदमै हतारमा बजेट नै नभएको अवस्थामा कार्यक्रम गरेकोले संयुक्त कार्यक्रम गर्न कहीँ कतै चुकेको उनको भनाइ छ । आगामी दिनमा संयुक्त रूपमा यस्ता कार्यक्रम गर्न तिनवटै सरकारले मिलेर प्रदेशमा मात्र सीमित नरहेर पालिकास्तरमा नै पुगेर कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दुई दिने मेलाले वैदेशिक रोजगारीमा जानेहरूलाई समेत धेरै जानकारी मिल्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण