कविता
संसद् भवनमा एउटा आँसु
शनिबार, २६ जेठ २०८१, ११ : २९
धेरै वर्ष पछि बल्ल बल्ल
नवजवान
कर्मठ
जागरूक
जाने बुझेको
सहयोगी
कर्तव्यनिष्ठ
देश र जनताको लागि
असल कार्यहरू गरूँ भन्ने
एउटा सांसद
दुःख
पीडा
गरिबी
अशिक्षा
बेरोजगारी
भोक
र अनेक यातनाको
एउटा आँसु
बोकेर
पुगे
संसद् भवनमा
तर त्यो आँसु
सत्ता पक्ष र विपक्ष
दुवैले हातमा थाम्न नमान्दा
‘लिन्न लिन्न’ भन्ने
छिना झप्टीमा
भुइँमा झरी फुट्यो
अनि त्यो फुटी छरिएको आँसु
नवजवान सांसदले
बटुलूँ भन्दा
भुँइ मै सुक्यो
त्यसपछि सँभालिदिन नसके पछि
जनताका सपनाको
त्यो आँसु
साह्रै नै चित्त दुखाएर
निराश ती सांसद
उभिइरहे रोष्टममा
एक्लै
एक्लै
अनि अठोट गरे
फेरि अर्को चुनावमा
आफू जस्तै युवाहरूको
बहुमत ल्याउँछु
र
देश र सारा जनताको
मुहार हँसाउँछु भन्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव