जाउँ है जेफाले (तस्बिरहरू)
विराटनगर । सुगम जिल्ला मोरङको दुर्गम क्षेत्रमा पर्छ पर्यटकीय जेफाले डाँडा । जेफाले डाँडाले अहिले पर्यटकीय पूर्वाधारको माग गरिरहेको छ । मोरङको केराबारी हुँदै जेफाले डाँडासम्म जाने बाटो बन्ने क्रममा छ ।
एक हजार ९७० मिटर उचाइमा रहेको जेफालेमा बाह्रैमास हावा चलिरहने, छिनछिनमै मौसम परिवर्तन हुने गर्दछ । यहाँबाट पूर्वको १६ जिल्ला देखिन्छ । यहाँबाट सूर्योदय, सूर्यास्त, हिमाल, पहाड, तराईको दृश्यावलोकन पनि गर्न सकिन्छ ।
_w5gNTcTAfU.jpg)
जेफालेका स्थानीय भीम ठकुरीका अनुसार यहाँबाट विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजङ्घा पनि देख्न सकिन्छ । जेफाले भ्युटावरबाट दक्षिण पश्चिममा पाथीभरा देवीको मन्दिर छ । यो क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यावरणीय पर्यटनको सङ्गमस्थल बन्ने जानकारहरू बताउँछन् ।
जेफाले पुग्न धनकुटाको भेडेटार राजारानीबाट सम्वेवा चोक हुँदै पनि जान सकिन्छ । जेफालेमा अहिले ११ वटा होमस्टे सञ्चालनमा रहेको जेफाले सामुदायिक होमस्टेका अध्यक्ष युवराज खड्का बताउँछन् ।
_YVRzOt3paZ.jpg)
सञ्चार, शिक्षा, सडकलगायतका विकासको पूर्वाधारबाट पछि परेको जेफाले क्षेत्रमा होमस्टे सेवा सुरु भएपछि स्थानीयका लागि आम्दानीको स्रोत बढ्दै गएको छ । स्थानीय कृषि उद्यमी तथा व्यवसायी बिनादेवी राईको इलाम बिर्साउने चिया बगान पर्यटकलाई तान्ने अर्को आकर्षक गन्तव्य हो । चियाबारी करिब १ हजार रोपनी क्षेत्रफलमा छ ।
_NqFdrljkyj.jpg)
_JKKlR8LS5k.jpg)
_A6AuzSB85Q.jpg)
_P23S9lgICE.jpg)
_dqIpHDCvAL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण