बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जसपा नेपाल कठिन अवस्थाबाट गुज्रिरहेको छ : अध्यक्ष नेपाल

सोमबार, २८ जेठ २०८१, २० : २९
सोमबार, २८ जेठ २०८१

जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनता समाजवादी पार्टी (जसपा) नेपाल अहिले कठिन अवस्थाबाट गुज्रिरहेको बताएका छन् । जसपा नेपालको एकता राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सोमबार बोल्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष नेपालले कठिन अवस्थाका बाबजुद पनि जसपा नेपालले हिम्मत नहारेको बताए । उनले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव चुनौतीका बिचबाट अगाडि बढिरहेको पनि बताए । उनले यादवले चुनौतीको सामना गर्ने आँट गरेको पनि बताए ।  समाजवादी मोर्चामा एक साथ रहेको भन्दै अध्यक्ष नेपालले सधैँ एक साथ अगाडि बढ्नुपर्ने बताए । ‘देश विकास, समृद्धिका लागि विचार र मन मिल्नेसँग हामी सहकार्य गरेर अगाडि बढ्छौँ,’ उनले भने ।

जसपा नेपालको एकता महाधिवेशन सोमबारदेखि सुरु भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप