जसपा नेपाल कठिन अवस्थाबाट गुज्रिरहेको छ : अध्यक्ष नेपाल
सोमबार, २८ जेठ २०८१, २० : २९
जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनता समाजवादी पार्टी (जसपा) नेपाल अहिले कठिन अवस्थाबाट गुज्रिरहेको बताएका छन् । जसपा नेपालको एकता राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सोमबार बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले कठिन अवस्थाका बाबजुद पनि जसपा नेपालले हिम्मत नहारेको बताए । उनले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव चुनौतीका बिचबाट अगाडि बढिरहेको पनि बताए । उनले यादवले चुनौतीको सामना गर्ने आँट गरेको पनि बताए । समाजवादी मोर्चामा एक साथ रहेको भन्दै अध्यक्ष नेपालले सधैँ एक साथ अगाडि बढ्नुपर्ने बताए । ‘देश विकास, समृद्धिका लागि विचार र मन मिल्नेसँग हामी सहकार्य गरेर अगाडि बढ्छौँ,’ उनले भने ।
जसपा नेपालको एकता महाधिवेशन सोमबारदेखि सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण