बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बर्दियामा ‘प्लस टु’ तहमा विज्ञान विषय पढाई नभएकोमा सांसद खातुनले गराइन् ध्यानाकर्षण

मङ्गलबार, २९ जेठ २०८१, १७ : २८
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद जावेदा खातुन जागाले बर्दिया जिल्लामा कक्षा ११ र १२ मा विज्ञान विषयको शिक्षक नै नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको मन्त्रालयगत छलफलका क्रममा उनले विज्ञान विषय पढ्नका लागि नेपालगञ्ज, काठमाडौँका प्राइभेट क्याम्पसमा जानुपर्ने बाध्यता रहेको उल्लेख गरिन् । बर्दियामा रहेका १० वटा क्याम्पलाई पनि सरकारले नहेरेको भन्दै सांसद खातुनले गुनासो गरिन् । उनले यो समस्या बर्दियाको मात्रै नभई देशभरकै समस्या रहेको उल्लेख गरिन् । 

उनले नेपालका क्याम्पसहरू बन्द हुने अवस्थामा रहेपनि सरकारले त्यसबारेमा केहीपनि नसोचेको उल्लेख गरिन् । नेपालका विद्यार्थीहरु विदेश जाने प्रवृत्ति बढेका कारण देशको युवा जनशक्ति मात्र नभई अर्बौं/खर्बौं रुपैयाँ विदेशमा गइरहेको उनले बताइन् । 

उनले भनिन्,‘यो वर्षको ९ महिनामा ९५ अर्ब रुपैयाँ खर्च भएको छ भने अघिल्ला वर्ष १ खर्ब रुपैयाँ विदेश जाने विद्यार्थीले खर्च गरेको तथ्याङ्कले देखाएको छ । विदेश जाने प्रवृत्ति फेसनको रूपमा देखिएको छ । स्वदेशमै भविष्य छ भनेर अल्पकालीन र दीर्घकालीन योजना ल्याउनु पर्दछ ।’

सांसद खातुनले शिक्षालाई प्रविधिसँग जोडेर मात्र देश समृद्ध हुने बताउँदै युवा पलायन रोक्नुपर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप