प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा सोचेर बस्दिनँ : माधव नेपाल
पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्रीका लागि २४ घण्टा सोचेर नबस्ने बताएका छन्। पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले पहिले पनि आफू परिस्थितिबाट प्रधानमन्त्री बनेको बताए ।
'प्रधानमन्त्री मैले कसैसँग मागेर लिएको होइन, परिस्थितिले निर्माण गरेको हो । हिजो गिरिजाप्रसाद कोइरालाले अफर गर्नुभयो,' उनले भने, 'माधव नेपाल कसैसँग झुक्ने मान्छे होइन । देशी विदेशी कुनै शक्तिले मलाई डोमिनेट गर्ने कुरा नसोचे हुन्छ । प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा सोचेर बस्दिनँ ।'
नेपालले प्रतिगमनकारी शक्तिहरूले टाउको उठाउन खोजे पनि संविधान कसैले उल्ट्याउन नसक्ने उनले बताए । 'अहिले पनि प्रतिगमनकारी शक्तिहरू छन् । परिवर्तन उल्ट्याउने सोच बनाइरहेका छन् । परिवर्तनबाट नेपाली समाज पछाडि जान सक्दैन,' उनले भने, 'संविधान संशोधन गर्नुपर्नेछ भने गरौँ तर यसलाई उल्ट्याउने कुरा कल्पना पनि नगरे हुन्छ ।'
उनले समाजवादी मोर्चालाई नयाँ ढङ्गले अघि बढाउन चाहेको बताए । 'समाजवादी मोर्चा नयाँ ढङ्गले अघि बढाउन चाहिरहेका छौँ । प्रचण्डजीले प्रक्रिया अगाडी बढाउन आग्रह गर्नुभएको छ । विभिन्न घटक र समूहरुसँग कुरा भएको छ,' उनले थपे, '५ वटा घटक एक ठाउँमा हुन तयार छन् । उपेन्द्र यादवलाई पनि ल्याउन खोजेका छौँ । एमालेलाई पनि सामेल गर्न खोजेको हो, आउन चाहेको छैन ।'
पूर्व प्रधानमन्त्री नेपालले एकीकृत समाजवादी कसैले फुटाउने कल्पना नगर्न चेतावनी दिए । 'हल्ला चलेको हो । दलको बैठक बोलाएको पनि हो । पार्टीभित्र त्यस्तो लक्षण छैन । पार्टीमा आयाराम र गयाराम भइरहन्छन् । गयाराम भन्दा आयाराम बढी छन्,' उनले भने, 'तर पार्टी फुटाउने कोसिस कसैले गरेको छ भने त्यो सफल हुँदैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण