बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

देवकोटाको कारबाहीपछि गण्डकीमा पाण्डे सरकार ढल्छ ?

शुक्रबार, ३२ जेठ २०८१, २३ : ०१
शुक्रबार, ३२ जेठ २०८१

पोखरा । नेकपा माओवादी केन्द्रको सिफारिसमा गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले नेसपा नेता तथा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई कारबाही गरिएको जानकारी गराएका छन् ।

धितालले शुक्रबारको प्रदेशसभा बैठकमा ह्वीप उलंघन गरेको कारण माओवादीको सिफारिसका आधारमा देवकोटामाथि कारबाही भएको पत्र प्राप्त भएको जानकारी गराएका हुन् । 

देवकोटामाथि कारबाही भएसँगै अब यो विषय अव सर्वोच्च अदालत पुग्ने पक्का छ । देवकोटा सर्वोच्च जाने तयारी गरिरहेका छन् । 

अब धेरैको चासो छ, गण्डकी सरकारको अवस्था के हुन्छ ? ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते ३१ सांसदको समर्थन पाएका थिए । विश्वासको मत पाउन ३१ सीट अनिवार्य छ । अब देवकोटाको निलम्बनले प्रदेशसभामा ५९ सांसद कायम भएको छ । 

पुनः पाण्डेले विश्वासको मत ३० दिनभित्र लिनुपर्छ । तर बहुमतका लागि ३० सीट भए पुग्छ । निलम्बनपछि सांसद संख्या ५९ भएको र त्यसको बहुमत ३० हुने व्यवस्था छ । पाण्डेले विश्वासको मत लिँदा अहिलेका समर्थकहरु एकै ठाउँमा रहे उनले विश्वासको मत पाउँछन् । 

उनलाई राप्रपाका २, स्वतन्त्र सांसद १ र फणीन्द्रले मत दिएका थिए । यही गठबन्धन कायम रहे उनको सरकार ढल्दैन । यदि तलमाथि भए पाण्डे सरकार ढल्छ र संविधानको धारा १६८ (५) बमोजिम सरकार गठन हुन्छ । 

उक्त उपधारामा बहुमत जुटाउन सक्ने जुनसुकै सांसदले मुख्यमन्त्री दावी गर्न सक्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप