'फ्लोर क्रस' गर्ने देवकोटामाथि माओवादीको कारबाही, सभामुखले गराए प्रदेशसभालाई जानकारी
पोखरा । माओवादीको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका माओवादी केन्द्रका प्रदेशसभा सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा कारबाहीमा परेका छन् ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले उनीमाथि कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि सभामुख कृष्ण धितालले त्यसको जानकारी शुक्रबारको प्रदेशसभा बैठकमा दिएका हुन् । यसअघि माओवादीले देवकोटालाई स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।
फ्लोर क्रसपछि देवकोटा पाण्डे सरकारमा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन् । माओवादीले कारबाही गरेको पत्र दिएसँगै सांसदनै नहुने स्थितिमा अब उनको मन्त्री पद के हुने भन्ने स्पष्ट भैसकेको छैन ।
संविधान अनुसार सांसद नभएको व्यक्ति पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ । तर देवकोटा निलम्बन हुने गरी भएको कारबाहीको सूचना विरुद्ध सर्वोच्च जाने तयारीमा छन् ।
उनलाई सर्वोच्चले थमौती गरे पद रहन्छ । नत्र ६ महिनाभित्र गोरखा क्षेत्र नम्बर २ (१) मा निर्वाचन हुनेछ । नेसपाका देवकोटा यसअघिको निर्वाचनमा माओवादीको चुनाव चिन्हबाट काँग्रेस माओवादी गठबन्धनको सहयोगमा चुनाव लडेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण