नेपाल टेलिकमको सेवा प्रयोग गरेर कसरी हेर्ने एसईईको नतिजा ?
काठमाडौँ । एसईई परीक्षाको नतिजा नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्न गरेर हेर्न सकिने भएको छ । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित भएको २०८० सालको एसईई परीक्षाको नतिजा आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने प्रवक्ता हरि ढकालले जानकारी दिए ।
नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ ।
त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE <space> <symbol number>) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ ।
नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा पनि प्राप्त गर्न सकिने ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण