एसईई नतिजा बाहिरिएकोबारे छानबिन हुने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले (एसईई) २०८० को नतिजा औपचारिक रूपमा सार्वजनिक नगर्दै समाचारमाध्यममा सार्वजनिक भएकोबारे छानबिन गर्ने भएको छ ।
बोर्डले नतिजा सार्वजनिक गर्दा बिहीबार बिहान पौने ११ बजेको थियो भने सवा नौ बजे नै नतिजाको मूल आशय र अङ्क सार्वजनिक भैसकेको बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नमा बोर्ड अध्यक्ष डा.महाश्रम शर्माले आन्तरिक छानबिन गरिने बताए ।
‘हामी यहाँ आउदा नतिजामा हस्ताक्षर गरेर आएका छौ । त्यसकारण नतिजा सार्वजनिक नभई बाहिरतिर मिडियामा नआउनुपर्ने पर्ने हो’, अध्यक्ष शर्माले भने, ‘कसरी आयो त्यस विषयमा हामी बोर्डले छलफल गरौँला ।’
यसबारेमा कहीँ कतै के भएको छ भन्ने बोर्डले छानबिन गर्ने अध्यक्ष शर्माको भनाइ छ । नतिजा सार्वजनिक कार्यक्रममा ननग्रेडेड घटेको र ग्रेडेड प्रतिशत बढेको बोर्डले जनाएको छ ।
नतिजा सार्वजनिक नभई बाहिरिएको विषयमा यसअघि पनि बोर्डले छानबिन गर्ने बताउँदै आएपनि छानबिन हुने गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण