एसईई नतिजा : गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन् । आज सार्वजनिक भएको एसईईको नतिजा अनुसार विगतका वर्ष झै यो वर्ष पनि गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल (एनजी) भएका हुन् ।
बोर्डको तथ्याङ्क अनुसार एक लाख लाख ७७ हजार ९८५ विद्यार्थीको गणित विषयमा एनजी भएका छन् । २०७९ सालको एसईईको नतिजा अनुसार गणित विषयमा एक लाख ८८ हजार ९४ विद्यार्थीको ई ग्रेड आएको थियो ।
१ लाख १ हजार ३८३ विद्यार्थी अंग्रेजी विषयमा एनजी भएका छन् । त्यस्तै १ लाख २६ हजार ९३३ विद्यार्थी साइन्समा एनजी भएका छन् । सोसल स्टडी (सामाजिक अध्ययन) ७३ हजार ८७७ विद्यार्थी एनजी भएका छन् । भने अर्थशास्त्रमा ६९ हजार ४१६ विद्यार्थी एनजी भएका छन् ।
विगत वर्षको तुलनामा नतिजा बढेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए । विगतका वर्षहरूमा गणित, विज्ञान र अंग्रेजी विषयमा धेरै विद्यार्थी फेल हुने गरेका थिए । त्यो क्रम अहिले पनि निरन्तर चलेको अध्यक्ष शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण