समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा रहेको बताएका छन् ।
शनिवार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली विशेषताको समाजवादका कार्यक्रम नेकपा (एकीकृत समाजवादी) ले ल्याउन लागेको बताए । उनले कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठुलो ठुलो परिवर्तन भएकाले सबै मिलेर विचार विमर्श गर्न आवश्यक रहेको बताए ।
उनले नेपालको कम्युनिस्ट आन्दोलनमा अहिले उतारचढाव, उकाली ओराली, एकता, विघटनका कामहरू भइरहेको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा गम्भीर हुनुपर्ने आवश्यकता रहेको बताए । उनले नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
‘नेपालको कम्युनिस्ट आन्दोलन आज उतारचढाव, उकाली ओराली, एकता, फेरि विघटन, फेरि पुनः गठन, विभाजन, फेरि पुनः एकता यही प्रक्रियामा अघि बढिरहेको छ । अहिलेको अवस्था हेरेर हामी धेरै चिन्तित हुनुहुँदैन । तर गम्भीर हुनुपर्ने आवश्यकता छ’ उनले भने, ‘कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठुलो ठुलो परिवर्तन ल्याएका छन् । तरङ्ग सिर्जना गरेका छन् । अहिले पनि समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ ।’
अध्यक्ष नेपालले गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण