अस्पतालमा भर्ना भए अभिनेता शत्रुघ्न सिन्हा
नयाँ दिल्ली । बलिउडका दिग्गज अभिनेता शत्रुघ्न सिन्हा अस्पतालमा भर्ना भएका छन् । बिहे भएको ६ दिनपछि अभिनेताकी छोरी सोनाक्षी सिन्हा र ज्वाईं जहीर इकबालको गाडी अस्पताल बाहिर देखिएको थियो ।
नवविवाहित जोडीलाई अस्पतालमा देखेपछि अनकौं अड्कल बाजी पनि चले । तर अहिले यसबारे जानकारी आएको छ । सोनाक्षीका पिता शत्रुघ्न सिन्हालाई चोट लागेकोले अस्पतालमा भर्ना गरिएको थियो ।
‘पितालाई केही दिन अघि भाइरल ज्वरो आएको थियो, उनी कमजोर पनि थिए त्यसैले हामीले उनलाई अस्पतालमा भर्ना गरायौँ ।’ अभिनेताका छोरा लवले बताएको भन्दै इन्डियन एक्सप्रेसले समाचार छापेको थियो । टाइम्स नाउले भने अभिनेता घरको डाइनिङ हलमा चिप्लिएर लडेको र उनलाई चोट लागेकोले अस्पताल लगिएको बताएको छ ।
एकदिन घरमै उपचार गरिएको भए पनि दुखाई कम नभएपछि उनलाई अर्को दिन बिहान कोकिलाबेन अस्पताल लगिएको र डाक्टरहरूले उनलाई भर्ना गर्न सल्लाह दिएको बताइएको छ । उनलाई सोमबार साँझसम्म अस्पतालबाट डिस्चार्ज गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण