काठमाडौँ । काठमाडौँमा रहेको भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु भएको छ । ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनर्निर्माण सुरु भएको हो । अहिले मन्दिर वरिपरिका जीर्ण संरचना भत्काउने तथा पुरातात्त्विक महत्वका सामाग्रीहरू सङ्कलन गर्ने र लगत राख्ने काम भइरहेको छ ।
_tj6CBbZEWo.jpg)
पुनर्निर्माणको लागि मन्दिरको विभिन्न भागमा अहिले टिनको बार लगाइएको छ भने सुरक्षा व्यवस्था एवं निगरानी पनि बढाइएको छ । बिहीबार महानगरपालिका उप प्रमुख सुनिता डङ्गोलले पुनर्निर्माण कार्यको शिलान्यास गरेकी थिइन् ।
_8kcdzSBSiE.jpg)
मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । कामनपा सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इन्जिनियर रवीन्द्र रिजालका अनुसार तुल्सी अम्बुजा जेभीले पुनर्निर्माणको ठेक्का पाएको छ । कामनपाले निर्माण पक्षसँग गत जेठ ६ गते सम्झौता गरी यही असार ३ गते कार्यादेश दिएको छ ।
_SM6dV4O84B.jpg)
“२०७२ सालको भूकम्पले जीर्ण अवस्थामा रहेको भद्रकाली मन्दिरलाई विदेशी शैली हटाएर परम्परागत नेवारी शैलीमा काठमाडौँ महानगरले आजदेखि बनाउन सुरु गरेका छौँ । मन्दिरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछन् । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ २ वटा ' ब्लक ' आपसमा जोडिएका हुनेछन् । यस्तै दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) ३ वटा ब्लक हुनेछन् । यिनीहरू पनि आपसमा जोडिएका हुनेछन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्ग फिट हुनेछ । स्थानीय र पुरातत्त्व विभागले बेलायती शैलीमै बनाउन माग गरे पनि हाम्रो अडान पुरानो हाम्रो नेवारी परम्परागत शैलीमै बनाउने थियो र यही शैलीमै बन्नेछ । यो सुरुवात हो, हाम्रो परम्परागत शैलीमा फर्कने,’ महानगर प्रमुख बालेन्द्र साहले बिहीबार बेलुकी फेसबुकमा लेखेका छन् ।
_1DlCE5ONt0.jpg)
पुनर्निर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन तयार पार्ने जिम्मा पुरातत्त्व विभागलाई दिइएको छ । हालको संरचना भत्काएपछि सङ्कलन हुने निर्माणजन्य सामग्री पुरातत्त्व विभाग, गुठी संस्थान, लुमधी भद्रकाली व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ ।
_raXyJam3bD.jpg)
_9lzW6tyI25.jpg)
_6BO2eQc9YG.jpg)
_Y6T9w4iioZ.jpg)
_XZQxn34t6C.jpg)
_dLiIGuI3hQ.jpg)
_nyqzuy6pFK.jpg)
_406KBh2Mra.jpg)
_LAjnPvHEFu.jpg)
_l0rEgc76f3.jpg)
_E8bj7yIvgJ.jpg)
_TlYwHPHDnd.jpg)
_AHzQmG3vPl.jpg)
_DNaA63Az3s.jpg)
_cr9kQLr5hp.jpg)
_sZHd5zQdbW.jpg)
_tffOfNE5zX.jpg)
_p1ZOL8Pwpm.jpg)
_LCl0OONwv3.jpg)
प्रतिक्रिया