सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा पुगेर सहयोगापेक्षी खोज्ने र व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ । कामपा क्षेत्रभित्र सार्वजनिक स्थलमा बसेर माग्दै जीवन चलाउनु पर्ने बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, सडक आश्रित व्यक्तिको अवस्था र आवश्यकता बुझ्न कार्यवाहक प्रमुख सुनिता डङ्गोल आफैँ उद्धार कार्यमा निस्किएकी छिन्।
उद्धारसँगै दिनमा भेटिने सहयोगापेक्षी र रातमा सडकमै बास बस्ने व्यक्तिको प्रकृति आफैँ महसुस गर्नु यस दिनको उद्देश्य रहेको उनको भनाइ छ। हिजोआज हरेक दिन बिहान, दिउँसो र साँझको समयमा सडक सेवाअन्तर्गत सडकमा माग्न बसेका व्यक्तिलाई उद्धार गरेर स्क्रीनिङ सेन्टरमा लैजाने गरिएको कार्यवाहक प्रमुख डङ्गोलको भनाइ छ।
सहयोग नचाहिने तर माग्ने व्यक्तिहरूको व्यवस्थापनका विषयमा कुरा गर्दै उनले, उनीहरूलाई सीप सिकेर उद्यमी बन्न प्रोत्साहित गरिने, आवश्यकताका आधारमा महानगरपालिका आफैँले सीपमूलक तथा व्यावसायिक तालिमका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए।
उद्धारका क्रममा वडा नं १५ स्वयम्भूको कारखाना चोकबाट १२ जनालाई उद्धार गरिएको छ । मानवसेवा आश्रमका केन्द्रीय सदस्य कृष्ण पौडेलका अनुसार दुई जना महिला, आठ जना पुरुष र दुई जना बालकलाई उद्धार गरिएको हो ।
यसरी उद्धार गरिएका व्यक्तिमा मकवानपुर ठेगाना भएका ६५ वर्षकी काली तामाङ, ओखलढुङ्गा सिञ्चोक गाउँपालिका घर भएकी २८ वर्षकी योगिता स्याङ्तान र ६० वर्षका कुर्मीमान स्याङ्तान, धादिङ गाउँपालिका घर भएका ४८ वर्षिय कान्छा तामाङले बताए।
यस्तै वुटवल देवनगर ठेगाना भएका २८ वर्षका इन्द्र कुवाँबोटिया, भारतको उत्तरखण्ड भेउनाका १७ वर्षका विकास चौधरी, सल्यान कपुरघाट गाउँपालिकाका २८ वर्षका दूर्गा वोहोरा, धादिङको मञ्जमजुवा गाउँपालिकाका ६२ वर्षका कुर्मी तामाङ, हेटौँडा सातमोडेका ४६ वर्षका शिव क्षेत्री र धादिङ गजुरीका ५५ वर्षका रमाबहादुर गुरुङ छन् । बालकहरूमा शाही थरका १३ वर्षका र भुजेल थरका १५ वर्षका बालक छन्।
कामपाले महानगरपालिकाले २०७४ साल मंसिर १ गते मानवसेवा आश्रमसँग सम्झौता गरेर सडक सहयोगापेक्षी मानव व्यवस्थापनको काम थालेको हो । पछिल्लो समय कामपाले यसलाई तीव्रता दिएको छ।--
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण