समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
काठमाडौँ। विभिन्न राजनीतिक दल, समूह र सामाजिक सङ्गठनमा आबद्ध वामपन्थी, लोकतन्त्रवादी, समाजवादी र पहिचानवादी युवाहरूले मुलुकको विद्यमान राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै ‘वृहत् छलफल’ आयोजना घोषणा गरेको छ।
आइतबार एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले आगामी असार ४ गते छलफल आयोजना गर्ने घोषणा गरेका हुन्।
जारी विज्ञप्तिमा विगतका नेताहरूले पुर्याएको सकारात्मक योगदानको सम्मान गर्दै उनीहरूलाई अभिभावकीय भूमिकामा राख्न र नयाँ पुस्ताबाट सक्षम, जनउत्तरदायी एवं दूरदर्शी उत्तराधिकारी तयार पार्न आवश्यक रहेको औँल्याइएको छ।
संविधान र लोकतन्त्रको रक्षा, सरकारको निगरानी, सामाजिक न्याय, नयाँ कार्यदिशा तय गरी एउटा बृहत् अभियानको खाका तयार पार्ने योजना छ। उक्त कार्यक्रमले युवाहरूको सहकार्यको नयाँ आवश्यकतालाई आत्मसात् गर्दै भविष्यको राजनीतिक दिशा तय गर्ने विश्वास लिइएको छ।
विज्ञप्तिमा लक्ष्मी गुरुङ (प्र.लो.पा.), तिलक थापा मगर (आ.ज.स.पा.), चन्द्र खड्का ‘असल’ (नेकपा माओवादी), अधिवक्ता रत्नेश्वर प्रसाद शर्मा (नागरिक समाज),प्रकाश शाही (देशभक्त युवा अभियान), लोक गायक तिलक परियार, जिवछ यादव (नाउ.पा.), प्रोसिद चौधरी (ना.उ.पा.) र लेखक/पत्रकार मनऋषि धिताल लगायतका व्यक्तित्वहरू छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण