निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
सारांश
- निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा विस्तार गरिएको छ ।
- सेवा विस्तारको पहिलो चरणमा भरतपुर अस्पताल, चितवन र नारायणी अस्पताल, वीरगञ्जबाट स्वास्थ्य उपचार सेवा प्रदान गरिनेछ ।
- यस व्यवस्थाबाट काठमाडौँ उपत्यकाबाहिर कार्यरत निजामती कर्मचारीले आफ्नै प्रदेशमा सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।
काठमाडौँ । निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र पहुँचयोग्य बनाउने उद्देश्यले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरमा विस्तार गरिएको छ।
आइतबार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध हुने जानकारी दिएको हो ।
नेपाल सरकारको नीतिअनुसार सोमबार (जेठ २५) देखि निजामती कर्मचारी अस्पताल काठमाडौँले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य उपचार सेवा प्रारम्भिक चरणमा भरतपुर अस्पताल, चितवन र नारायणी अस्पताल, वीरगञ्जबाट प्रदान गरिने भएको छ ।
उक्त सेवा निजामती कर्मचारी अस्पतालबाट आधिकारिक परिचयपत्र प्राप्त गरेका बहालवाला तथा अवकाशप्राप्त निजामती कर्मचारी र उनीहरूका आश्रित परिवारले तोकिएबमोजिम प्राप्त गर्न सक्नेछन् । सेवा लिन जाँदा सम्बन्धित कर्मचारीले अस्पतालबाट जारी गरिएको परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्ने व्यवस्था गरिएको छ ।
मन्त्रालयका अनुसार बाँकी प्रदेशहरूमा समेत सेवा विस्तारको तयारी भइरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा सेवा प्रदायक अस्पतालहरूको सूचीकरण सम्पन्न भइसकेकाले आवश्यक तयारी पूरा गरी क्रमशः सबै प्रदेशमा यो सेवा विस्तार गरिने जनाइएको छ ।
यस व्यवस्थाबाट काठमाडौँ उपत्यकाबाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारले आफ्नै प्रदेशमा सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण