सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
सारांश
- नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आफ्ना पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउने तयारी गरेको छ।
- सन्तोष शर्मा, चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई मन्त्री बनाउने निर्णय भएको छ र नामावली मुख्यमन्त्रीको कार्यालयमा पठाइएको छ।
- हाल कार्यरत रहेका तीन जना मन्त्री र एक जना राज्यमन्त्रीलाई फिर्ता बोलाइने र सोमबार साँझसम्म शपथ ग्रहणको तयारी छ।
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नेकपा एमालेले आफ्ना पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ टोली पठाउने तयारी गरेको छ। सरकारमा सहभागी भएको करिब दुई वर्ष पुग्न लाग्दा एमालेले मन्त्रीमण्डलमा नयाँ अनुहार पठाउन लागेको हो।
स्रोतका अनुसार एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई मन्त्री बनाउने निर्णय भएको छ। नयाँ नियुक्त गरिने मन्त्रीहरूको नामावली मुख्यमन्त्रीको कार्यालयमा पठाइसकिएको दाबी गरिएको छ।
हाल एमालेबाट सुदूरपश्चिम सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हीरा सार्की कार्यरत छन्। पार्टीले उनीहरू तीनै जनालाई फिर्ता बोलाउने तयारी गरेको हो। यस्तै, भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउदलाई पनि सरकारबाट फिर्ता बोलाइने भएको छ।
नयाँ मन्त्रीहरूको शपथ ग्रहण सोमबार साँझसम्म गर्ने गरी तयारी थालिएको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ। कांग्रेसबाट नयाँ मन्त्रीहरूको नामावली सार्वजनिक हुन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण