राष्ट्रपतिको चुनावमा बाराक ओबामा पनि बाइडेनको विपक्षमा
काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति एवं डेमोक्रेट नेता बाराक ओबामाले आसन्न राष्ट्रपतिको चुनावमा जो बाइडेनले जित्न गाह्रो हुने बताएका छन् ।
‘द वाशिंगटन पोस्ट’ का अनुसार ओबामाले आफ्ना सहकर्मीहरुसँगको छलफलमा वर्तमान राष्ट्रपति बाइडेनले उम्मेदवारी त्याग्नु पर्नेमा जोड दिएका हुन् ।
जुन २८ मा राष्ट्रपतिको बहसमा डोनाल्ड ट्रम्पसँग बाइडेनको पछि परेपछि ओबामाले उनीसँग एकपटक मात्रै कुरा गरेका छन् । ओबामाले बाइडेनको उम्मेदवारीबारे पुनःविचार गर्नका लागि आवश्यक रहेको पनि बताएका छन् ।
ट्रम्पविरुद्धको बहस पछि पार्टीभित्रै बाइडेनलाई राष्ट्रपतिको होडबाट हटाउने माग बढ्दै गएको छ । अब यो सूचीमा सबैभन्दा शक्तिशाली डेमोक्रेट ओबामाको नाम पनि थपिएको छ । प्रतिनिधि सभाकी पूर्वसभामुख न्यान्सी पेलोसीले पनि बाइडेनले अब चुनावी मैदानबाट पछि हट्नुपर्ने बताइसकेकी छिन् ।
एपी, एनओआरसी सर्वेक्षणका अनुसार ६५ प्रतिशत डेमोक्रेटिक मतदाता पनि बाइडेनको विपक्षमा छन् । ६७ प्रतिशत गोरा मतदाता बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिनुपर्नेमा जोड दिएका छन् ।
अमेरिकाको कुल ३३ करोड जनसंख्यामध्ये ६० प्रतिशत गोरा मतदाता छन् । पार्टी नेता र सहयोगीहरूको बढ्दो दबाबका कारण राष्ट्रपति बाइडेनले यस हप्ताको अन्त्यसम्ममा आफ्नो उम्मेदवारीबाट पुनर्विचार गर्ने सम्भावना अमेरिकी समाचार वेबसाइट एक्सियोसले उल्लेख गरेको छ ।
उपराष्ट्रपति कमलादेवी ह्यारिस (५९) बाइडेनको स्थानमा राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीको अग्रपंक्तिमा उभिएकी छन् । राजनीतिक विश्लेषक टोनी एडमका अनुसार अब डेमोक्र्याटसँग कमलाको विकल्प छैन ।
कमला यसअघि अमेरिकी सर्वोच्च अदालतमा वकिल भइसकेका छन् । कमलाले आफ्नो कार्यकाल लो प्रोफाइल राखेर बिताइन् । जसका कारण प्रजातान्त्रिक पार्टीमा उनका विरोधी कम र समर्थक बढी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण