बुधबार, ०२ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भजन संरक्षण अभियानमा नवीन, बन्यो काठमाडौँ जिल्ला समिति

आइतबार, २० साउन २०८१, ०८ : ३८
आइतबार, २० साउन २०८१

काठमाडौँ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान काठमाडौँ जिल्ला समितिको अध्यक्षमा तार्केश्वर नगरपालिकाका मुकुन्द घिमिरे चयन भएका छन् । 

शनिबार तार्केश्वर नगरपालिकामा आयोजित काठमाडौँ जिल्ला भित्रका काठमाडौँ महानगरपालिका, तार्केश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंकरापुर नगरपालिकाको भजन मण्डलहरुको भेलाले ३५ सदस्य कार्यसमिति चनय गरेको हो ।

काठमाडौँ जिल्लाको खैँजडी, मजुरा, मृदंग, सारंगी, बाँसुरी, मादल, हार्मोनियम, तबला, झ्याम्टा, डम्फुलगायतका मौलिक एवं लोपोन्मुख बाजा र भजन संस्कृतिको संरक्षणमा २०६७ बाट लागि परेको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानका केन्द्रीय सचिवालय सदस्य एवं बाग्मती प्रदेशका इन्चार्ज लोक गायक नवीन पौडेलको सक्रियतामा काठमाडौँ जिल्ला समिति बनेको हो ।

कार्यक्रममा धन राज पौडेल, चन्द्रमणि गौतम, अधिवक्ता शम्भु नेपाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न भजन समूहले आकर्षक प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप