शिशिर खनालको प्रश्न : नागरिक सुरक्षाको ग्यारेन्टी कसले गर्ने ?

काठमाडौँ । रास्वपाका सांसद शिशिर खनालले पशुपति क्षेत्रमा भइरहेको कथा वाचन कोटीहोम परिसरमा प्रश्न सोधेकै आधारमा पत्रकार कुटिएको घटनामा गृह प्रशासन मौन भएको भन्दै नागरिकको सुरक्षा कसले गर्ने भनेर सरकारलाई प्रश्न गरेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै खनालले प्रश्न सोधेकै आधारमा पशुपति परिसरमा केही लठैतहरुले पत्रकारलाई मरणासन्न हुनेगरी कुटपिट गरेको भन्दै वाक स्वतन्त्रता र नागरिक सुरक्षाको ग्यारेन्टी कसले लिइदिने भन्दै प्रश्न गरेका हुन् । ‘विधि मान्नु नपर्ने, नागरिकको सुरक्षा गर्न नसक्ने कस्तो कमजोर दुई तिहाइको सरकार ?’खनालको प्रश्न छ ।
त्यस्तै उनले दुई महिना अगाडि मन्त्रिपरिषद्ले केही राजदूतहरूलाई फिर्ता बोलाएको प्रशंग निकाल्दै गठबन्धनको प्रमुख अंशियारसहित बनेको यो सरकारले फिर्ता बोलाइसकेका एक राजदूतलाई राजदूत नियुक्त सम्बन्धी निर्देशिकाको दफा २१ को नियम विपरीत फेरि नियुक्ति गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबिच सम्झौता
-
आईसीसी टेस्ट च्याम्पियनसिप फाइनल : दक्षिण अफ्रिकी टोलीको घोषणा, कागिसो राबडाले पनि स्थान पाए
-
सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा
-
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी
-
‘के घर के डेरा : घर नं २’ सेन्सर पास
-
जेल सजाय भोगिरहेका र्यापरमाथि घातक हमला, १४ पटक चक्कु प्रहार