शिशिर खनालको प्रश्न : नागरिक सुरक्षाको ग्यारेन्टी कसले गर्ने ?
काठमाडौँ । रास्वपाका सांसद शिशिर खनालले पशुपति क्षेत्रमा भइरहेको कथा वाचन कोटीहोम परिसरमा प्रश्न सोधेकै आधारमा पत्रकार कुटिएको घटनामा गृह प्रशासन मौन भएको भन्दै नागरिकको सुरक्षा कसले गर्ने भनेर सरकारलाई प्रश्न गरेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै खनालले प्रश्न सोधेकै आधारमा पशुपति परिसरमा केही लठैतहरुले पत्रकारलाई मरणासन्न हुनेगरी कुटपिट गरेको भन्दै वाक स्वतन्त्रता र नागरिक सुरक्षाको ग्यारेन्टी कसले लिइदिने भन्दै प्रश्न गरेका हुन् । ‘विधि मान्नु नपर्ने, नागरिकको सुरक्षा गर्न नसक्ने कस्तो कमजोर दुई तिहाइको सरकार ?’खनालको प्रश्न छ ।
त्यस्तै उनले दुई महिना अगाडि मन्त्रिपरिषद्ले केही राजदूतहरूलाई फिर्ता बोलाएको प्रशंग निकाल्दै गठबन्धनको प्रमुख अंशियारसहित बनेको यो सरकारले फिर्ता बोलाइसकेका एक राजदूतलाई राजदूत नियुक्त सम्बन्धी निर्देशिकाको दफा २१ को नियम विपरीत फेरि नियुक्ति गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण