‘छन्दे’ले ल्याए गाईजात्रे कोसेली ‘गठबन्धनका राजाहरू’
काठमाडौँ । दुई दशकदेखि निरन्तर कलाकारितामा सक्रिय हास्य कलाकार गोपाल ढकाल (छन्दे)ले नजिकिँदै गरेको गाईजात्रालाई लक्षित गर्दै गाईजात्रे कोसेली ‘गठबन्धनका राजाहरू’ ल्याएका छन् ।
छन्दे ईन्टरटेन्मेन्ट मार्फत सार्वजनिक कोसेलीमा कलाकार ढकाल शेरबहादुर देउवा र सुरेश तिमल्सिना केपी शर्मा वलीको चरित्रमा प्रस्तुत भएका छन् । कोसेलीमा ओली र देउवाको चरित्र मार्फत देशको राजनीति, आर्थिकदेखि सामाजिक विषयसम्म ब्याङ्ग्य गरिएको छ ।
देश गणतन्त्रसम्म आई पुग्दा धेरै दलहरू बनेको, सत्तामा रहन नेताहरूले अनेक बहाना बनाएको, एक अर्कामा उचाल्ने पछार्नेदेखि सदन घेर्ने, सदन विघटन गर्ने गरेको र पछिल्लो राजनीतिक घटना क्रम समेत ढकालले आफ्नो कोसेलीमा मसला बनाएका छन् ।
‘गठबन्धन राजाहरू’मा राजु तिमल्सिनाको छायाङ्कन, गोपाल ढकाल(छन्दे) र सुरेश तिमल्सिनाको कन्सेप्टमा तयार भएको हो । यो केसेलीले आमा दर्शकमा मनोरञ्जनका साथै राम्रो सन्देश पनि प्रवाह हुने विश्वास कलाकार गोपाल ढकाल छन्देले लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण