फिल्म ‘मृत्युकोष’को नयाँ गीत अमेरिकामा रेकर्डिङ
काठमाडौँ । नेपाली फिल्म ‘मृत्युकोष’ को शीर्ष गीत रेकर्ड गरिएको छ । ‘बेवारिसे हुनु पर्ने लासै हुँदा पनि’ बोलको यो गीत अमेरिकाको आरएल साउण्ड एण्ड लाईट्स् स्टुडियो, बाल्टिमोरमा रेकर्ड गरिएको हो ।
फिल्मकी निर्मात्री कमला जोशीका अनुसार गीतकार डा. कृष्णहरि बरालको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गायक रुद्र शेखर शर्माले स्वर दिएका हुन् ।
विभिन्न भाषा तथा जनराका गीतहरूमा आफ्नो आवाज दिँदै आएका गायक शर्माले नेपाली फिल्मका लागि भने पहिलो पटक स्वर दिएका हुन् । यो गीतमा संगीत संयोजन संगीतकार राजेन्द्र बजगाईँको रहेको छ ।
ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको उक्त फिल्ममा माधवराज खरेलको लेखन तथा निर्देशन रहेको छ । यो फिल्ममा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दीपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा. राजिव यादव, सौरीका खरेल, राधिका खरेल लगायतको अभिनय देख्न सकिने छ ।
काठमाडौँ, ललितपुर तथा नुवाकोटका विभिन्न स्थानहरुमा पहिलो चरणको छायाङ्कन गरिएको यो फिल्मलाई मुकेश हुमागाइले खिचेका छन् भने उनलाई छायाकार राजन खरेलले साथ दिएका छन् ।
फिल्मको दोस्रो चरणको छायाङ्कन भदौ महिनाको दोस्रो साताबाट प्रारम्भ गरिने निर्माण पक्षले जनाएको छ । एक जना मानिसले आफ्नो जीवनको उत्तरार्धमा आएर भोग्नु परेका समस्यालाई फिल्ममा उठान खोजिएको छ । नेपाली परिवेशमा पछिल्लो समय युवाहरूको प्रवास पलायनको प्रमुख मारमा वृद्ध वृद्धाहरू पर्ने गरेका छन् । यसै विषयवस्तुभित्र रहेर एउटा सशक्त सामाजिक सचेतनाको लागि पनि यो फिल्मको निर्माण भएको निर्देशक खरेलले बताए ।
निर्देशक खरेलकै निर्देशन तथा लेखनमा बनेको अर्को चलचित्र चिठ्ठी पनि प्रदर्शनको तैयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण