‘प्रेग्नेन्ट कार’ : चीनमा भाइरल बनेका भिडियोको के हो वास्तविकता ?
बेइजिङ । हालैका दिनमा चीनमा गर्मी बढेको छ । पछिल्ला ८० दिनयता त्यहाँ लू चलिरहेको छ । देशका २६० भन्दा धेरै क्षेत्रमा तापमान ४० डिग्रीभन्दा माथि उक्लिएको छ ।
यतिबेला चीनको एउटा घटनाले सारा विश्वको ध्यान खिचिरहेको छ । बेलुन फुलेझैं कारका बाहिरी हिस्सा ठाउँ ठाउँमा फुलिरहेका तस्बिर र भिडियोहरू बाहिर आइरहेका छन् । मानिसहरूले यी कारलाई प्रेग्नेन्ट कार भनेका छन् । गर्मीका कारण कारकोे बाहिरी सतहमा लगाइएको प्रोटेक्टिभ पेन्ट फुल्दा सो आकृति बनेको हो ।
कारमा लगाइने प्रोटेक्टिभ फिल्मले निश्चित स्तरसम्म मात्रै गर्मी सहन सक्छ । सहन सक्ने भन्दा धेरै गर्मी भयो भने तावामा रोटी उक्सिएझैँ सो सतह उक्सिन थाल्छ । यतिबेला माइक्रोब्लगिङ वेबसाइटमा यस्ता भिडियो भाइरल भइरहेका छन् । यो भिडियो हेरेर केहीले चीनमा मात्रै होइन जर्मनीमा पनि कार गर्भवती भइरहेको भनेर त्यहाँको गर्मीको मजाक उडाएका छन् । यी घटनाले चीनको बजारमा नक्कली कार पेन्ट प्रोटेक्शन फिल्मको चर्चा पनि शुरु भएको छ ।
गर्मीका कारण चीनमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ । सयौँ मानिस बिरामी भएका छन् । जुलाईमा चीनमा भयानक गर्मी देखिएको थियो । अगस्ट ३ मा हाङ्गझोउमा पारा ४१ दशमलव ९ डिग्री सेल्सियसमा पुगेको थियो । गर्मीका कारण त्यहाँ ५० र ६० वर्षका २ जनाको मृत्यु भएको थियो । १३ जुन देखि चीनमा लगातार लू चलिरहेको छ । सन् १९६१ यता चीनमा यो सबैभन्दा खतरनाक लू हो । यस अघि सन् २०२२ मा पनि त्यहाँ भयानक गर्मी देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण