यस्तो छ ‘रित्तो गाउँ’को गीत ‘बोल्ने कोही छैन’
काठमाडौँ । डकुमेन्ट्री फिल्म ‘रित्तो गाउँ’को गीत ‘बोल्ने कोही छैन’को गीत सार्वजनिक भएको छ । सेलिब्रेटी टाइम्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा फिल्मका दृश्यहरू राखिएका छन् ।
गीतमार्फत फिल्मको कथा समेत बुझाउन खाेजिएको छ । गायक शिशिर योगीको स्वर रहेको गीतमा अर्जुन पराजुलीको शब्द, विवी अनुरागीको एरेन्ज छ ।
विभिन्न फिल्म फेस्टिवल तथा विशेष शो सकिएपछि ‘रित्तो गाउँ’ कुनै ओटिटी प्लेटफर्ममार्फत सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।
फिल्ममा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार ‘रित्तो गाउँ’ले युवा पलायनले रित्तिँदै गएको गाउँको कथा प्रस्तुत गर्छ ।
आनन्दराज प्रोडक्सनको ब्यानरमा सेलिब्रेटी टाइम्स प्राइभेट लिमिटेडले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन् । कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कँडेल कार्यकारी निर्माताका रूपमा छन् ।
नीरज कँडेलको छायाङ्कन, नहकुल खड्काको सम्पादनमा तयार फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउण्ड डिजाइन भरत कँडेलको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लक्षित शंकरको टिप्पणी : वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो ?
-
एभरेष्ट महिला भलिबल लिग : ट्यालेन्ट हन्टमार्फत खेलाडी छान्दै चितवन शक्ति
-
मोदी र ट्रम्पबिच अर्को हप्ता भेटघाट हुने
-
सुदूरपश्चिम प्रदेश : खगराज समूह बैठकमा जान छोडेपछि प्रतिपक्षको भूमिका नै फितलो
-
विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा
-
यौन तस्करीको आरोप लागेका हिप–हप गायक सिन डिडीको जमानत अस्वीकार