यस्तो छ आँचल र विवेकको ‘वर एन्ड वधु’को ‘सिरी सिरी’ गीत
काठमाडौँ । भदौ १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘वर एन्ड वधु’को तेस्रो गीत ‘सिरी सिरी’ सार्वजनिक गरिएको छ । अभिनेत्री आँचल शर्मा र नव–अभिनेता विवेक कर्माचार्यको रोमान्टिक अन्दाज र नोकझोंक देखाइएको गीत सुगम पोखरेल र नेहा करोदेको स्वर छ ।
गीतको शब्द नरेश भट्टराईको र संगीत युग भुसालको छ । गीतको छायाङ्कन रोमानियमा गरिएको हो । मिलन चाम्सको निर्देशन रहेको फिल्ममा आँचल र विवेकसँगै विजय लामा, किरण केसी, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, सृष्टि खड्का, हिउँवाला गौतम, गरिमा शर्मा, रवीन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्तको अभिनय छ ।
फिल्ममा जानुका थापा निर्माता र डा. अमित रिजाल कार्यकारी निर्माता रहेका छन् । एलआरके प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा सुदिप बरालको छायाङ्कन तथा प्रदीप भारद्वाजको लेखन छ । फिल्मले सामाजिक विषयवस्तुलाई रमाइलो शैलीमा भनेको निर्देशक चाम्सले बताए ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले बिहीबारबाट मोफसल प्रचार प्रसारमा निस्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण