हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले ‘राष्ट्रिय नाटक महोत्सव २०८१’ आयोजना गर्ने
काठमाडौँ । अभिनेता, रंगकर्मी तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र उनकी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले ‘राष्ट्रिय नाटक महोत्सव २०८१’ आयोजना गर्ने भएको छ ।
सोमबार पुरानो बानेश्वरस्थित रिमालको निवासमा स्व. हरिप्रसाद रिमालको शतवार्षिकीको अवसर पारेर आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितात्मक ‘राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव एवं अभिनेता, रंगकर्मी सम्राट् सापकोटाले जानकारी गराए । उनका अनुसार महोत्सव राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आगामी भदौ ३० गते सुरु भई असोज २ गतेसम्म चल्नेछ ।
सापकोटाले पहिलो पुरस्कारस्वरुप एक लाख रुपैयाँसँगै ट्रफी र सम्मानपत्र हुने जानकारी दिए । दोस्रो पुरस्कार ५० हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र हुनेछ । तेस्रो पुरस्कार २५ हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र हुनेछ । साथै उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक नाटकको अवधि एक घण्टाको हुने पत्रकार सम्मेलनमा सापकोटाले जानकारी गराए ।
उनका अनुसार कलाकर्मी र सञ्चारकर्मीलाई प्रतिष्ठानले प्रदान गर्दै आइरहेको सम्मान पनि सोही कार्यक्रममा प्रदान गरिनेछ । यसपटक २०७९ र २०८० साल गरी दुई वर्षको सम्मान एकैपटक प्रदान गरिने छ । कुल आठजनलाई प्रदान गरिने ती सम्मानको राशि ३१ र २१ हजार रुपियाँ हुने पनि उनले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण