बैंकले गलत लकरको चाबी दिएपछि गहना लिएर फरार भए आमा छोरी
नयाँ दिल्ली । भारतको दिल्लीमा चोरीको अनौठो घटना सार्वजनिक भएको छ । दिल्ली प्रहरीले गएको हप्ता एक महिला र उनको छोरीलाई समातेको छ । यी दुईमाथि बैंकमा रहेको अरूको लकरबाट गरगहना चोरेको आरोप छ । बैंकका एक कर्मचारीको गल्तीका कारण यो घटना भएको बताइएको छ । प्रहरीले यस मामिलाको जाँच गरिरहेको छ ।
जंगापुरस्थित पञ्जाब नेशनल बैंकको शाखामा रहेको आफ्नो लकरबाट गहना चोरी भएको भन्दै यसशपाल नाम गरेका एक व्यक्तिले सेप्टेम्बर ५ मा एफआईआर दायर गरेका छन् । ती युवक कयौँ दिनदेखि लकर खोल्न बैंक गइरहेका थिए । तर लकरको ताल्चा खुल्दै खुलेन ।
सेप्टेम्बर ४ मा बैंकको लकर इन्चार्जले यशपाललाई फोन गरेर बोलाए । त्यो दिन लकर खोल्न लकर कम्पनीका प्रतिनिधि पनि आएका थिए । तर लकर खोलेर हेर्दा त्यहाँ राखिएका बहुमूल्य आभूषण गायब थिए ।
यो देखेर सबै जिल्ल परे । लकरबारे सोधपुछ गर्दा बैंक म्यानेजरले जुलाई १० मा एक आमा छोरी उनीहरूको लकरको चाबी माग्न आएको बताए । बैंकका कर्मचारीले ती आमाछोरीलाई उनीहरूको ठानेर यशपालको लकरको चाबी दिएका थिए ।
लकर खोल्दा बहुमूल्य सामान देखेपछि ती दुबैले सबै महँगा सामान टिपटाप गरी आफ्नो झोलामा हाले अनि साँचो बैंकका कर्मचारीलाई दिएर फरार भए । यो घटनामा संलग्न बैंकका कर्मचारीसँग पनि प्रहरी केरकार गरिरहेको छ ।
कर्मचारीले साँचो झुक्किएर दिएको हो कि मामिला अरू नै हो भन्ने पत्ता लगाउन प्रहरीले छानबिन गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण