बैंकले गलत लकरको चाबी दिएपछि गहना लिएर फरार भए आमा छोरी

नयाँ दिल्ली । भारतको दिल्लीमा चोरीको अनौठो घटना सार्वजनिक भएको छ । दिल्ली प्रहरीले गएको हप्ता एक महिला र उनको छोरीलाई समातेको छ । यी दुईमाथि बैंकमा रहेको अरूको लकरबाट गरगहना चोरेको आरोप छ । बैंकका एक कर्मचारीको गल्तीका कारण यो घटना भएको बताइएको छ । प्रहरीले यस मामिलाको जाँच गरिरहेको छ ।
जंगापुरस्थित पञ्जाब नेशनल बैंकको शाखामा रहेको आफ्नो लकरबाट गहना चोरी भएको भन्दै यसशपाल नाम गरेका एक व्यक्तिले सेप्टेम्बर ५ मा एफआईआर दायर गरेका छन् । ती युवक कयौँ दिनदेखि लकर खोल्न बैंक गइरहेका थिए । तर लकरको ताल्चा खुल्दै खुलेन ।
सेप्टेम्बर ४ मा बैंकको लकर इन्चार्जले यशपाललाई फोन गरेर बोलाए । त्यो दिन लकर खोल्न लकर कम्पनीका प्रतिनिधि पनि आएका थिए । तर लकर खोलेर हेर्दा त्यहाँ राखिएका बहुमूल्य आभूषण गायब थिए ।
यो देखेर सबै जिल्ल परे । लकरबारे सोधपुछ गर्दा बैंक म्यानेजरले जुलाई १० मा एक आमा छोरी उनीहरूको लकरको चाबी माग्न आएको बताए । बैंकका कर्मचारीले ती आमाछोरीलाई उनीहरूको ठानेर यशपालको लकरको चाबी दिएका थिए ।
लकर खोल्दा बहुमूल्य सामान देखेपछि ती दुबैले सबै महँगा सामान टिपटाप गरी आफ्नो झोलामा हाले अनि साँचो बैंकका कर्मचारीलाई दिएर फरार भए । यो घटनामा संलग्न बैंकका कर्मचारीसँग पनि प्रहरी केरकार गरिरहेको छ ।
कर्मचारीले साँचो झुक्किएर दिएको हो कि मामिला अरू नै हो भन्ने पत्ता लगाउन प्रहरीले छानबिन गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको दाङ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
नेपाल पुलिस स्कुलसँग फराकिलो अन्तरले हार्यो भ्याली पब्लिक स्कुल
-
अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने सुरक्षा समितिको निर्णय
-
भैरहवा सेज चलायमान बन्दै, उत्पादन र निर्यात बढ्दो
-
‘मितज्यू’ मा स्मिता अनुबन्धित
-
ललितपुरको एकान्तकुनामा खुल्यो इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’