पूर्वमुख्यमन्त्री कार्कीले भने– निषेधित क्षेत्र बाहिरै अनसन बस्छु
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले घोषणा गरेको आमरण अनसन स्थललाई जिल्ला प्रशासन कार्यालय मोरङले निषेधित क्षेत्र घोषणा गरेपनि आफू उक्त क्षेत्र बाहिरै अनसन बस्ने बताएका छन् ।
कार्कीले विराटनगरको देवकोटाचोकस्थित प्रदेशसभा भवन अगाडिको सडकमा मंगलबार दिउँसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरेका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार एक सूचना जारी गर्दै उक्त क्षेत्रलाई निषेधित क्षेत्र तोकेको हो । ‘निषेधित क्षेत्र बाहिरै अनसन बसुम्ला नि के फरक पर्छ र ?,’ कार्कीले भने ।
जिल्ला प्रशासन कार्यालय मोरङले भने विराटनगरलाई केन्द्रविन्दु बनाई हुनसक्ने अनसन लगायत विरोधका कार्यक्रमलाई मध्यनजर राखी प्रदेश सभाबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोकदेखि पूर्वसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै कुरा सरकारको नियन्त्रणबाट मात्र सम्भव छैन, हुलाकमा निजी क्षेत्रसँग सहकार्य गर्छौँ : सञ्चारमन्त्री
-
ट्रक व्यवसायीको पक्षमा सर्वोच्चको फैसला : रुट इजाजतमा दोहोरो व्यवस्था बदर
-
नेपालको जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय कोषबाट १ अर्ब ३३ करोड अनुदान स्वीकृत
-
अध्ययन समितिको निष्कर्ष : जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाए
-
सांसदहरूलाई मन्त्री गौतमको आग्रह, ‘संसद्को गरिमा जोगाउन व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनू’
-
मेक्सिकोबाट इरानी टिमको भावुक बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण